नियम ३५
सहमति लिनु पर्ने
(१) संरक्षण क्षेत्रभित्र रहेका निजी जग्गामा कुनै उद्योग सञ्चालन
गर्न इजाजतपत्र प्रदान गर्नुअघि परिषद्को सहमति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमति दिंदा त्यस्तो उद्योगले पालना गर्नुपर्ने गरी
परिषद्ले निश्चित शर्तहरू तोक्न सक्नेछ ।
(३) यो नियम प्रारम्भ हुनुअघि संरक्षण क्षेत्रमा सञ्चालन भइरहेका उद्योगको
हकमा समेत परिषद्ले आवश्यक शर्त तोक्न सक्नेछ ।